लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युएईले नेपाललाई दियो १२८ रनको लक्ष्य

IMG

२०७८ मङ्सिर १२, तिलोत्तमा सिटी ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध जितका लागि नेपालले १२८ रनको लक्ष्य पाएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनायो ।


युएईका लागि चानानी सेनेभिरत्नले सर्वाधिक ५२ रन बनाइन् । यस्तै थिर्था सतिशले ४७ र काभिस एगोडेजले २२ रन जोडे । नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगीता राईले १-१ विकेट लिए ।एसिया छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्न नेपालले युएई विरुद्ध १० बल बाँकी छँदै लक्ष्य पूरा गर्नुपर्नेछ ।युएई ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाल समान खेलबाट ६ अंकसहित दोस्रोमा छ ।


कमेन्ट गर्नुहोस्