लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीलाई अधिकार दिने निर्णयमा भीम रावलको विरोध

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गरेका छन् ।चितवनको सौराहमा जारी बन्दसत्रमा विष्णु पौडेलले नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव राखेका थिए, जसलाई अधिकांशले समर्थन गरेका छन् ।तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले उक्त निर्णयको विरोध गरेका छन् । ‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर विधान संशोधन गर्‍यौं भन्न मिल्दैन,’ उनले भने, ‘कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्‍यो ।’लोकतान्त्रिक परिपाटीलाई यसरी छोड्नु जबजको अवमूल्यन हुने उनले बताएका छन् 

कमेन्ट गर्नुहोस्