लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोंचे भन्दा बढी नै पाएको छु : बेबो आचार्य

IMG

२०७८ मङ्सिर १०, तिलोत्तमा सिटी । मोडलिङ्गमा आफ्नो कैरियर बनाउने सपना बोकी  युवा युवतिहरु सपनाको शहर काठमाण्डौ पुग्ने गर्छन । तथापि अथक मेहनत र अनेक संघर्ष पश्चात केहीले मात्र अफ्नो स्थान बनाउन सफल हुन्छ । ती मध्येकी एक हुन चितवनकी बेबो आचार्य । विगत ५ वर्ष देखि मोडलिङ्गमा रमाउँदै संघर्षरत बेबोले ६ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरीसकेकी छन  । बेबो आचार्यको संधर्ष सोच र आगामी कार्यदिशाका बारेमा तिलोत्तमा सिटी न्यूजले गरेको संक्षिप्त कुराकानी :


👉 मोडलिङ्गमा कहिलेदेखी लाग्नु भयो ?

हुनतः म सानै देखि कलाकार बन्न चाहन्थे, स्कुल पढदा देखि नै म अभिनय गर्थे, फेशन शो जस्ता कार्यक्रमहरुमा सहभागि हुन्थे तर काठमाण्डौ आएर काम गरेको पाच वर्ष भएको हो । वाल्यकालमा कलाकार बन्ने रहर नै मेरो लक्ष्य हो र त्यही पुरा गर्न विगत पाच वर्ष देखि सपनाको नगरि काठमाण्डौमा संघर्ष गरी रहेकि छु । यो दिनहरु सम्म आइपुग्दा दुखसुख ,हासो रोदनको  धेरै अनुभव पाएको छु । दर्शकहरुको माया पाएको छु र वाहाँहरुको मायाको सम्मान गर्न सधै संघर्ष गरि रहन्छु ।



👉 यो क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?

अहिले सम्म गुमाएको जस्तो मलाई केहि लागेको छैन । पाउन चाहीं धेरै नै पाएको छु । सोंचे भन्दा बढी नै पाएको छु । नाम र दाम त आफ्नो ठाउँमा छदैछ तर, त्यो भन्दा पनि बढी दर्शकको माया, वहाँहरुले दिनु भएको सम्मान मेरो लागि ठुलो उपलब्धी हो । एउटा कलाकारको लागि दशर्कको माया भन्दा अरु के चाहिन्छ ? मेरो लागि त्यो नै सब भन्दा ठुलो उपलब्धी हो ।



👉 कुनै ठूलो अफर जुन तपाईलाई मन नपरेर नगरेको ?

हैन, अहिले सम्म त्यस्तो अफर आएको छैन र आगामि दिनमा पनि त्यस्तो नआओस भन्ने म कामना गर्छु ।


👉यस क्षेत्रमा नयाँ कलाकारलाई टिकी रहन कतिको समस्या छ ?

कुनै पनि यात्रा गर्दा हजारौ चुनौती हरु लाइ सामाना गर्दै यात्रा हो तय गर्नु पर्छ । समस्या आफ्नो ठाउ मा छ तर कलाकारले  आफ्नो सोंच, आफ्नो अभिनय र आफ्नो कार्य प्रति ध्यान दिनु जरुरी छ । यस क्षेत्रमा नयाँ पुरानो केहि हुँदैन  मात्र उसको कार्य दक्षता र अभिनय नै बलियो आधार हुन्छ । किनभने कलाकारको लागि दर्शक नै सबभन्दा ठुलो निर्णायक हुन्  वहाँहरु हरेक कुरा छुटयाउनु हुन्छ र दर्शकको निर्णय नै अन्तिम निर्णय हुन्छ । त्यसैले यस क्षेत्रमा कहिले घमण्ड गर्नु हुदैन । आफ्नो कैरियर माथी लगनशिल भएर मेहनत गर्नु पर्छ ।


👉 अहिलेसम्म प्रेममा पर्नु भएको छ ?

यो संसारमा माया मा अडिएको छ  सबैलाई माया -प्रेम चाहिन्छ तर विहेगर्नको लागि आफ्नो जीवन साथीको लागि जुन प्रेमको तपाइँ कुरा गर्नु भएको छ त्यो अहिले भएको छैन । राम्रो साथी (केटा) भेटाए उहीं पछि जीवन साथी पनि हुनसक्छ ।


👉 सेक्सको विषयमा तपाईको धारणा के छ ?

सेक्स एउटा शारिरीक क्रिया हो । यसको बारे तेती महत्व लिन अहिलेको समयमा उपयुक्त होइन । मन मिलने साथी संग शारिरीक सम्बन्ध हुन् सक्छ र उही जिबन मेरो जिबनको सारथि हुन सक्छ  मेरो मान्यता मा 


👉 तपाई आफुलाई मोडलिङ्गमै सिमित हुने हो की अरु केही सपना छ तपाईको ?

सबै मान्छे मा प्रायः हजारौ सपना को खानि  नै हुन्छु । मेरो नि  अनगिन्ति सपनाहरु छन् जुन सपना लाइ एक एक पुरा गर्न मा सदै आफ्नो र अध्यान मा आत्मसाथ गरेर गरिरहेको छु ,जुन सपाना छ त्यो अहिले  भन्दिन । 


👉 घर गृहस्तीको विषयमा के हि सोच्नु भएको छ ?

अहिले त्यस्तो केही सोंचेको छैन । किनभने अहिले मलाई मेरो कैरियरमा ध्यान दिनु जरुरी छ । आफ्नो सपना साकार पार्नु छ । तर, मलाई बुझ्ने, म माथी विश्वाश गर्ने, मलाई माया गर्ने र मेरो कामलाई साथ दिने मान्छे भेटायो भने पछि केहि सोच्न सकिन्छ ।


👉 अन्तयमा के भन्न चाहनु हुन्छ ?

सब भन्दा पहिला त म मेरो कामलाई माया गर्ने सम्पूर्ण दशर्क, प्रशंसक, शुभेच्छुकलाई धन्यवाद दिन चाहन्छु । साथै सबै संग के आग्रह गर्न चाहन्छु भन्ने सबैलाई माया गर्नुस्, आदर गर्नुस, सकिदैन भने कसैलाई कुभलो नचिताउनुस्, कसैलाई नराम्रो नगर्नुस र नभन्नुस् यही मेरो आग्रह हो । 


कमेन्ट गर्नुहोस्