लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडका बीचमा रहने प्रक्षेपण

IMG

२०७८ मङ्सिर १०, तिलोत्तमा सिटी । 

नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेका कारण जनसंख्या वृद्धिदर अपेक्षित नहुने देखिएको छ । केन्द्रिय तथ्यांक विभागकाअनुसार बिहीवार सप्पन्न जनगणना अनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ ।२५ कात्तिक देखि ९ मङ्सिरसम्म  भएको जनगणनाअनुसार यस्तो प्रारिम्भक विश्लेषण गरिएको हो ।२०६८ सालको प्रक्षेपण अनुसार २०७८ सालसम्म एक महिलाबाट औसतमा २.१ जना सन्तान जन्मनुपर्ने थियो । तर, जनगणनाबाट औसत २ जना मात्र सन्तान जन्मने गरेको देखिएको बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार सन्तान उत्पादन दर प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिममा औसतभन्दा धेरै र बागमतीमा औसत भन्दा कम भएको पाइएको छ । बागमतीमा औसत एक महिलाबाट १.४ जना सन्तान जन्मिएका छन् ।यस आधारमा नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा मात्र रहने अनुमान गरिएको श्रेष्ठले बताए । उनका अनुसार जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुने छ ।पुरै नतिजा आउन भने दुई वर्ष लाग्ने भएको छ ।

कमेन्ट गर्नुहोस्