लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले महाधिवेशनको तयारी पुरा

IMG

२०७८ मङ्सिर ९,तिलोत्तमा सिटी। एमालेले आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । नारायणी किनारमा बिहिबार साँझ भएको पत्रकार सम्मेलनमा शुक्रबारदेखि चितवनमा सुरु हुने एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारी पुरा भएको जानकारी दिए ।एमालेले महाधिवेशनकै उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाएको छ । महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ । यसअघिका महाधिवेशनमा विश्व कम्युनिष्ट आन्दोलनका संस्थापकहरुको तस्विर र नेपाली कम्युनिष्ट आन्दोलनका नेताहरुको फोटोले उदघाटनका मञ्चहरु सजाउने गरिएपनि यसपटक भने गैंडाको मस्कट, बाघ, जरायो, अर्ना भैंसी जस्ता जङ्ली जनावरहरुको तस्विरबाट मञ्चलाई आकर्षण प्रदान गरिएको छ ।


एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सुर्य र हंसिया हतौडा अंकित झण्डाहरुले सिँगारिएको छ । महाधिवेशनको उदघाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने एमालेको दावी छ । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु चितवन आमउने क्रम जारी छ । चितवनसँग जोडिएको बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट मात्र ४ लाख बढी समर्थक उतार्ने एमालेले बताएको छ ।


सत्तारुढ गठबन्धनबाट कुन कुन नेताले सम्बोधन गर्ने भन्ने तय नभएपनि महाधिवेशनलाई प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ भने सत्ता गठबन्धनकै उपेन्द्र यादव र चित्रबहादुर केसीले पनि सम्बोधन गर्ने निश्चित भएको बताइएको छ । नेकपा एकीकृत समाजवादीलाई एमालेले निम्ता नै गरेको छैन भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बोधन अझै तय भएको छैन । प्रधानन्त्री देउवा शुक्रबार नै हेलिकप्टरबाट चितवनमा गएर महाधिवेशनलाई सम्बोधन गरि काठमाडौं फर्कने कार्यक्रम तय भएको सुरक्षा श्रोतले जनाएको छ ।


यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी सहित जनता समाजवादी पार्टी (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा सहभागीका लागि आजै चितवत पुगिसकेका छन् ।महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत सहभागीका लागि चितवन पुग्ने क्रम जारी छ ।एमालेको महाधिवेशनमा सुरुमा १ हजार ९९९ प्रतिनिधिको संख्या तय भएपनि स्थायी कमिटीको पछिल्लो निर्णयबाट दुई हजार १७५ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने भएका छन् । यस्तै महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५र१५ जना निर्वाचित गर्ने छ ।


नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

एमाले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा बिहिबार साँझ बाटै रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै बिहिबार साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।लुम्बिनी प्रदेशबाट मात्रै १ लाख बढी कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमालेको दाबी छ ।पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको सुरक्षा श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्