लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्लाहीमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु

IMG

२०७८ मङ्सिर ८ ,तिलोत्तमा सिटी । 

 सर्लाहीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका-१० केराबारीमा कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सुमोको ठक्करबाट मोटरसाइकल चालक हरिवन नगरपालिका-७ बस्ने २५ वर्षीय देव मोक्तान र पछाडि सवार २३ वर्षीय मिलन ब्लोनको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

ठक्कर दिने टाटा सुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्