
२०७८ मङ्सिर ७ ,तिलोत्तमा सिटी । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ लागतमा निर्माण भएको उक्त भवनको बिहीबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरे ।सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक थापाले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यविधि निर्माण गरी संरक्षण गर्नुपर्ने उल्लेख गरे ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा एफसीडिओ यूकेका प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।एफसिडियोको सहयोगमा यूएनओपिएस अन्तर्गत एमआईपीपी आयोजनाबाट उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस्