लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिर्जु अधिकारी बनिन निर्बिरोध सह कोषाध्यक्ष

IMG

२०७८ मङ्सिर ५ ,तिलोत्तमा सिटी ।


राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशनबाट अध्यक्ष पदमा बिक्रम जंग शाह भारी मतले बिजयी भएका छन उन ले नबराज ढुंगानालाई पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन महासचिवमा अमृत खाती भारी मतले बिजयी भएका छन। उनले ऋषि अधिकारीलाई पराजित गर्दै महासचिव पदमा बिजयी भएका हुन जम्मा मत ६३२ मा बिक्रम जंग शाहले ५३८ मत प्राप्त गर्दा उनको प्रतिदन्दी नबराज ढंगानाले ८५  मत प्राप्त गरेका छन । भने महासचिवको लागि  अमृत खाती ४९८मत प्राप्त गर्दा उनको प्रतिदन्दी  ॠषि अधिकारीले १०६ मत ल्याएका थिए / 

 

महासचिव र अध्यक्ष पद बाहेक अन्य पदमा भने पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएका छन ।बरिस्ठ  उपाध्यक्षमा  चर्चित गायक प्रकाश कटुवाल ,उपाध्यक्षहरुमा चर्चित गायिका उमा श्रेष्ठ ,मिलन श्रेष्ठ ,होम सुवेदी ,श्याम सुन्दर धिताल छन्।


  उप-महासचिवमा गायक तथा सर्जक बिनोद ढकाल र जीवन परियार कोषाध्यक्ष राज कुमार हुमागाई सह कोषाध्यक्ष सिर्जु अधिकारी  प्रवक्ता कुमार कार्की सचिब मन्जु गौतम ,सुर्य श्रेष्ठ,रहेका छन् भने अन्य विवरण आउँन बाकींरहेको जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्