
२७ कात्तिक,२०७८ तिलोत्तमा सिटी ।अघिल्ला साताको तुलनामा यो साता केही कम संख्यामा युट्युबमा गीत सार्वजनिक भए । तीमध्ये पनि कमै गीतले मात्रै चर्चा पाए । यद्यपि नाम चलेका थुप्रै कलाकारले अभिनय गरेका गीतहरु यो साता सार्वजनिक भए । दीपाश्री निरौला, दयाहाङ राईदेखि सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’सम्मको अभिनय रहेका गीतहरु युट्युबमा सार्वजनिक छन् ।यस्तै यो साता अञ्जु पन्तदेखि राजु परियारको स्वर रहेका गीतहरु सार्वजनिक भए । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिकमध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।
प्रितम र सुनिताको स्वरमा ‘मुसी’
प्रितम पोखरेल र सुनिता बुढाक्षेत्रीको स्वरमा आइतबार ‘मुसी’ बोलको गीत सार्वजनिक भयो । यो गीतको भिडियोमा मरिचमान श्रेष्ठ र सरिता ढुंगानाले अभिनय गरेका छन् । टेलिसिरियल ‘जुठे’मा ‘जुठे’ र ‘जुनकिरी’को भूमिकामा देखिँदै आएका मरिचमान र सरिताले म्युजिक भिडियोमा पहिलोपटक सहकार्य गरेका हुन् । प्रितमकै शब्द, संगीत रहेको यस गीतलाई सुनिल परियारले एरेञ्ज गरेका हुन् । दीपेन्द्र तिमल्सिनाको कथा एवं निर्देशनमा बनेको गीतको भिडियो करन चैसिरले खिचेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।गीतको भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा ६ लाख ५५ हजार भ्युज पाएको छ ।
कमेन्ट गर्नुहोस्