लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सूर्यवंशी’ले हलमा फर्कायो दर्शक,मोफसलमा दर्शकको चाप

IMG

तिलोत्तमा सिटी,२२  कार्तिक २०७८। दुई-दुई वर्षसम्म ठप्पभएको फिल्महल ब्यबसाय अहिले एक्कासी माथि उक्लिएको छ। यसभन्दा अगाडी पनि नेपालि फिल्म लाग्यो, तर खासै दर्शक ओइरिएनन, तर अहिले बलिवुड फिल्म सुर्यबंशीको प्रदशनपछि देशभरिका हलहरु खचाखच छन्। बुटवलका क्युएफेक्स, आरामदायी हलसंगै भैरहवाका सुब्यबस्थित आरामदायी हल काशी सिनेप्लेक्समा समेत दर्शकको चाख बढेको छ। 


सुर्यबंशी सार्बजनिक गरेसंगै हरेकदिन राम्रो दर्शक भित्र्याउन सफल भएको भैरहवा काशी सिनेप्लेक्सका संचलाक ओम जैशीले बताएका छन्। भैरहवा र बुटवलका प्रतिष्ठित हलहरुसंगै काशी सिनेप्लेक्स भैरहवा, भाट्भटेनि बुटवल लगायतका हलमा  बिहानैदेखि दर्शकको चाप देखिन्छ र अनलाईन टिकट भएरपनि टिकट पाउन समेत मुस्किल छ। यस्ले अब साच्चिकै कोरोना त्रास हटेको र दर्शक फिल्म हेर्न लालायित भएको प्रमाणित हुन्छ , तरपनि स्वस्य्थ्य मापदण्ड पुरा गरेर त्यस्ता हल संचालन भैरहेका छन्। 


महामारीका कारण झण्डै दुई वर्षदेखि चलचित्र हल सुनसान रहे । कोरोनाको दोस्रो लहरपछि असोज २१ गतेबाट चलचित्र हल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् । निर्माता–निर्देशकहरु पनि चलचित्र रिलिज गर्न डराइरहेका थिए ।कोरोनाले थलिएको नेपाली चलचित्रलाई बलिउड चलचित्र ‘सूर्यवंशी’ले चलायमान बनाउने विश्वासमा चलचित्रकर्मीहरु थिए । शुक्रबारबाट चलचित्र ‘सूर्यवंशी’ प्रदर्शनमा आएको छ । र, चलचित्रकर्मीको अपेक्षाअनुरुप हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति बाक्लो देखिएको छ । रोहित सेट्टीको निर्देशनमा बनेको ‘सूर्यवंशी’मा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्