लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा लालपूर्जा बितरण

IMG

तिलोत्तमा सिटी,१७ कार्तिक २०७८। तिलोत्तमा नगरपालिकामा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) गरिएको छ । गाउब्लकको जग्गालाइ पुनर्नापी गरी वडा नं. १५ को गाउँब्लक जग्गाको लालपूर्जा जग्गाधनीलाई प्रदान गरिएको हो । नापी कार्यालय रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा जग्गाधनीलाई नगर प्रमुख बासुदेव घिमिरेले लालपूर्जा प्रदान गर्नुभयो । वडा नं. १५ का २९ जनाले गाउँब्लक जग्गाको लालपूर्जा प्राप्त गरेका छन् । तिलोत्तमा नगरपालिकाले समग्र  वडाका गाउब्लकका सबै जग्गा पुनर्नापी गरेर जग्गा उपलब्ध गराउने जनाएको छ।   


कमेन्ट गर्नुहोस्