लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहलाई

tillotmacitynews - 2021 Oct 30 11:13 PM
IMG

तिलोत्तमा सिटी,१३  कार्तिक २०७८।लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।आज पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्