लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘तिम्ले देको गलबन्दी’मा मलिका र कुन्साङको जोडी

IMG

तिलोत्तमा सिटी,१३  कार्तिक २०७८।  नायिका मलिका महत र मोडल कुन्साङ बोम्जोनको जोडीलाई दर्शकले म्युजिक भिडियोमा रुचाइरहेका छन् । यो जोडी रियल लाइफमा पनि प्रेममा रहेको चर्चा चलेपनि दुबैले मिल्ने साथी मात्र भन्दै आएका छन् । मेकरहरुले पनि यो जोडीलाई लिएर म्यूजिक भिडियो बनाइरहेका छन् ।यसैविच, गायक तथा संगीतकार राजनराज सिवाकोटीको स्वरमा समावेश ‘तिम्ले देको गलबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा मलिका र कुन्साङलाई फिचरिङ गरिएको हो ।बिनोद बन्जरा र राजनराज सिवाकोटीको शब्द रहेको यो गीतमा राजनराजकै संगीत छ । राजेश पूमा राइको निर्देशनमा तयार भएको यो भिडियोमा सन्तोष राजभाकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।


कमेन्ट गर्नुहोस्