लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी आन्दोनलाई एकीकृत गर्न आवश्यक छ : मुख्यमन्त्री केसी

IMG

तिलोत्तमा सिटी,१२ कार्तिक २०७८।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले ‘सोनाम’ ले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताएका छन् । माओवादी केन्द्रको रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जनयुद्धका उपलब्धीहरुलाई रक्षा गर्नका लागि माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने बताए ।


उनले माओवादी आन्दोनलाई प्रतिगामीहरुले घेराबन्दी गरिरहेको बताउँदै अब प्रतिगामीहरुको घेराबन्दी तोड्न माओवादी आन्दोनलाई एकीकृत गर्नै पर्ने आवश्यकता रहेको बताए । माओवादी कम्युनिष्टहरुले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पुर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गर्न अग्रसर हुनु पर्ने बताउँदै केसीले माओवादीको आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढाउनु पर्नेमा जोड दिए ।माओवादी आन्दोनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रका नेतृत्वले अझै मेहनत गर्नुपर्ने उल्लेख गर्दै उनले महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संष्लेषण गर्नुपर्ने बताए । 


नेपालमा बामपन्थीहरुको एकतालाई मजवुत बनाउने महान योजनालाई एमाले अध्यक्ष केपी ओलीले वज्रपात गरेको बताउँदै उनले फेरिपनि असली कम्युनिष्ट पार्टी बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढेको स्पष्ट पारे ।आम जनताको सेवकको रुपमा पार्टी निर्माण गरी देश र जनताको समृद्धीका लागि सबै कार्यकर्ताहरु एकतावद्ध भएर लाग्न जरुरी भएको मुख्यमन्त्री केसीको भनाई छ ।

कमेन्ट गर्नुहोस्