लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

IMG

तिलोत्तमा सिटी,११ कार्तिक २०७८। तिलोत्तमा तेक्वान्दाे डोजाङको आयोजनामा प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ हुने भएको छ।कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्लाअध्यक्ष दिपेन्द्र बुढाप्रित, सदस्य राम प्रसादकहार, सिमानगर ब्यवस्थापन समितिकाअध्यक्षतथा खेल संयोजकओम बहादुर गुरुङले खेलाडीको टिसर्ट समेत लन्च गरेका छन।


१३ गते हुने प्रतियोगिताको आवश्यक तयारी तिब्र रुपमा भैरहेको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए।प्रतियोगितामा पुरुषतर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिलातर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजीगरि १३ वटा पुरुष र ९ वटा महिला तौल समुहमा खेल हुनेछन। यसैगरि स्पाईरिङ खेल समेत हुने उनले बताए।प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १८ वटा डोजाङका २ सय ५० खेलाडीहरु भागलिने छन।  प्रतियोगिता आयोजनाकालागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको सिमानगर ब्यवस्थापन समितिकाअध्यक्षतथा खेल संयोजकओम बहादुर गुरुङले बताए।


प्रतियोगिताआयोजनागर्न करीब २ लाख बढि खर्च हुने आयोजकको अनुमान छ। कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोशिस बहादुर खड्काले कोभिड १९ प्रभावसंगै खेल गतिविधिकमहुदा खेलाडीहरुलाई निरासा छाएको बेलाआयोजनागरिने प्रतियोगिताबाट धेरै फाईदा मिल्ने बताए। 

कमेन्ट गर्नुहोस्