
तिलोत्तमा सिटी,७ कार्तिक २०७८।आफैमा सुन्दर तिलोत्तमा को सरसफाइको देश भर चर्चा हुने गरेकै छ। तथापि सुनमा सुगन्ध ल्याउन तत्पर रहेको तिलोत्तमाले खुल्ला प्लास्टिक मुक्त अभियान, खुला दिशा मुक्त भैसकेको नगरलाई अहिले हरियाली प्रबर्धन र सरसफाई अभियानलाई जोड तोड का साथ् अघि बढाइरहेको छ।
नगरस्तरीय टोलबिकाश संस्था संजालको बैठकले १ र १५ गते नियमित सरसफाइ कार्यक्रमलाई अगाडी बढाउने, तथा दिपावलिको लक्ष्मीपुजाको दिनसम्म बिशेष सरसफाइ अभियान चलाउने , सबै वार्ड स्तरीय टोल बिकास संस्था परिचालन हुने सुन्दर नगर बनाउने, फोहोर गर्ने अटेरी ब्यक्ती वा संस्थालाई नियामनुसार जरिवाना समेत गर्ने गरि महत्त्वपूर्ण निर्णय गरेको छ ।
नगर स्तरीय टोल संजालका अध्यक्ष हेमराज पौडेलको अध्यक्षता ,नगर प्रमुख बासुदेव घिमिरे ,उप प्रमुख जागेश्वर देवी चौधरी, प्रबक्ता सुरेन्द्र श्री, बाताबरण शाखाका प्रमुख गोरखनाथ खनाल, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि लगायतको उपस्थितीमा बैठक सप्पन्न गरि सो निर्णय गरेको हो। सो बैठकमा हाइवे सडकमा हिड्ने सवारी साधन बाट समेत फोहोर फ्याक्ने प्रबृत्ति भएकोले सबै बस तथा सवारी धनि या कर्मचारीहरुले त्यसलाई रोक्नुपर्ने र सवारीमा डस्बिन राखी जनचेतना जगाउनु पर्ने कुरा ब्यक्त गरिएको थियो।
नगरपालिकाले नगर भित्र सहि ढंगले फोहोर ब्यबस्थापन गर्न आम नागरिकले नगरपालिकाको फोहोर उठाउन आउने गाडीलाई सहयोग गरि नगर सरसफाई गराउने अभियानमा जोडिन आग्रह गरेको छ। जथाभावी फोहोर गर्ने पटक पटक भन्दा पनि नमानी वास्ता नगरे जस्तो गर्ने जो कोहि भए अब कानुन अनुसार कारबाही तथा जरिवानासमेत गर्ने निर्णय गरेको छ। हाल तिलोत्तमाको सरसफाई तथा हरियाली प्रबर्धन कार्यक्रम अनुसार हरेक महिनाको १ र १५ गते अनिबार्य सरसफाई हुने गरेको छ भने चाड बाडमा नियमित दिनहु सरसफाई गरिदै आएको छ। त्यस कार्यमा सहयोग गर्ने सबै वार्डका क्लब , आमा समूह , संघ सस्था, प्रतिनिधि , कर्मचारी तथा सबैलाई नगरप्रमुख घिमिरेले धन्यबाद समेत दिनुभएको छ।
कमेन्ट गर्नुहोस्