लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनिताको न्यायको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

IMG

तिलोत्तमा सिटी,७ कार्तिक २०७८।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मीको न्यायको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। आईतबार ढवाहमा उनका आफन्तले आधा घण्टामा राजमार्ग अवरुद्ध गरेका हुन् ।प्रर्दशनकारीहरुले अनिता र अनिताको परिवारलाई न्याय दे, महिला हिंसा अन्त्य गर, बुहारी मार्न पाइदैन, दाइजो लिनु अपराध हो, लगायतका प्ले कार्डसहित राजमार्ग जाम गरेका थिए । २०७५ सालमा सोही ठाउँकै सुमन खनालसँग वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मी असोज २० गते आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकी थिईन् ।


सुमनले विवाह गर्दा कुनै पनि दाईजो नचाहिँने बताएपनि विवाह पछि भने बारम्बार दाईजोको विषयलाई लिएर मानसिक तनाव दिँदै आएको माईती पक्षले आरोप लगाएको छ । माईती पक्षले छोरीले आत्महत्या गरेको नभई हत्या गरिएको बताउँदै आएपनि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा सासु र कान्छा देवरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।सुमनले डिबी चिठ्ठा परी अमेरीकाबाट नेपाल छुट्टिमा आएको बेला अनितासँग २०७५ साल माघ ४ गते विवाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्