लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

IMG

तिलोत्तमा सिटी,२८ असोज २०७८।  सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पु¥यायो र बनिबनाउ फर्जी आरोप लगायो ।त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ । साथै उनलाई पुनः धरपकड नगर्न पनि भनेको छ ।


कमेन्ट गर्नुहोस्