लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दशैको मुखमा दुर्घटना, कतिको ज्यान गयो कति घाइतॆ ?

IMG

तिलोत्तमा सिटी,२८ असोज २०७८। गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।लु २६ प ६८३३ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका वडानम्बर-७ वामीटक्सार बजारमा दुर्घटनामा घाइते हिताङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा सवार २३ बर्षीय रबिन शाहीठकुरी सामान्य घाइते भएको प्रहरी निरीक्षक उपाध्यायले बताए ।


दशैंको मुखमा दुई दिनमै दुर्घटनाबाट ४८ जनाले ज्यान गुमाए

पछिल्लो २ दिनको अवधिमा भएका आधा दर्जन सवारी दुर्घटनामा परी ४८ जनाले ज्यान गुमाएका छन् । विजया दशमीको मुखैमा सवारी दुर्घटनाको अवस्था थप भयावह देखिएको छ ।मुलुकका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी ६५ जना बढी घाइते भएका छन् । सोमबार कास्कीको पोखरामा जीप दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने २ जना घाइते भएका छन् । यसैगरी अछाममा जन्ति बोकेको जीप दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भए । स्याङ्जामा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भयो भने १४ जना घाइते भएका छन् । यसरी सोमर मात्रै भएका ३ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भए ।


गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १४ की २० वर्षीया विमला भट्ट रहेकी छन् ।घाइते भट्टको टाउकोमा चोट लागेको छ । उनको खोड्पे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ । बैतडीबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख ९६७२ नम्बरको बसमा पाटन नगरपालिका-८ आरुबाटास्थित सडक माथिबाट ढुंगा खसेको अस्थायी ट्राफिक पोष्ट खोड्पेका ट्राफिक प्रहरी जगदिश चन्दले जानकारी दिए । 


दोस्रो दिन मँगलबार पनि ३ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना बढी घाइते भएका छन् । मुगुमा भएको बस दुर्घटना हुँदा यो समाचार तयार पार्दासम्म ३२ जनाले ज्यान गुमाएका छन् भने ११ जना बढी घाइते छन् । यसैगरी दाङमा बसको ठक्करबाट १ बालकले ज्यान गुमाएका छन् । यसैगरी डडेल्धुरामा बस पल्टिदा १६ जना घाइते भएको समाचार छ ।


हरेक वर्ष चाडबाडको समयमा सवारी दुर्घटनामा वृद्धि भई मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था यो वर्ष पनि अन्त्य हुन सकेन । लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिंह थापाका अनुसार कोरोना महामारीले लामो समयपछि एक्कासी सवारीको फ्लो बढेका कारण दुर्घटनामा पनि वृद्धि भएको हो । तीब्र गती तथा पुरानो सडक संरचनाका कारण पनि दुर्घटना बढ्ने गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्