लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुक्ष्म सोच-दिगो बिकाश

IMG

तिलोत्तमा सिटी,२८ असोज २०७८। सानो छँदा हामी कलाकृति सिर्जनामा कति धेरै अगाडि थियौँ।खोलाको किनारामा गएर बालुवामा मोटरबाटो बनाउने गर्दथ्यौं।ढुङ्गाको अक्करमा गेग्रान बिछ्याएर पोखरा सुनौली भिरालो,घुमाउरो बाटोको कल्पना गर्दथ्यौं।बालुवामा चाङ बनाएर सुरुङमार्ग बनाउने गरिन्थ्यो।ढुङ्गालाई अलगअलग आकारमा कुँदेर मोटरकार,ट्रक,बस निर्माण गर्ने गरिन्थ्यो।यिनै वास्तविक सवारी साधन भनेर गुडाउने गर्दथ्यौं।थोरै पानी भएको ठाउँमा ढुङ्गा ठड्याएर पुल तथा बालुवाको मैदानमा तितेपाती गाढेर आधुनिक बस बिसौनी हुने गर्दथ्यो।हामिले बचपनमा गरेको त्यो कलाकारिता अहिले सारा सन्सारले अपनायो।पहाडको फेदिबाट सिधै प्वाल पारेर अर्को डाँडापारीको फेदिमा पुग्ने गरि मोटरबाटो बनाए।सडक माथी सडक वनाइयो।माकुराको जालो जस्तो कालोपत्रे मोटरबाटो बने।आज यहि मोटरबाटोको कहानी दक्षिण कोरियाको इतिहासको पानाबाट।


भनिन्छ,मोटरबाटो आर्थिक विकासको पहिलो खुडकिलो हो।कुनै पनि ठाउँमा बिकास हुनको लागि त्यो ठाउँमा मोटरबाटो पुग्न जरुरी हुन्छ।सन १९६० को दशकसम्म दक्षिण कोरियामा लोकमार्ग तथा सवारी साधन त्यति  थिएनन।भएको सिमित बाटो पनि गिट्टीमात्र बिछ्याइएको धुलो उड्ने गर्दथ्यो।मानिसहरुले बयलगाडामा समान राखेर ओसारपसार गर्ने गर्दथे।



कोरियाका राष्ट्रपतिको पहिलो विदेश भ्रमण जाने अवसर,भ्रमणबाट द्रुतमार्ग बनाउने परिकल्पना 

कोरियाका राष्ट्रपती फाक चङ ही सन १९६४ मा पश्चिम जर्मनी भ्रमण गए।त्यहाँ गएर उनले जर्मनीको राष्ट्रपतिसँग जर्मनीको बिकास हेर्ने इच्छा प्रकट गरेछन।किनकी त्यो बेला सन्सार भर्खर भर्खर  दोस्रो विश्वयुद्धबाट पार लागेको थियो।तत्कालिन राष्ट्रपति हेन रिच लुपकेले जर्मनीको राइस अटोबान भन्ने द्रुतमार्गमा लगेर ९० मिनेट यात्रा गराएका थिए।त्यही यात्रा हुँदा कोरियाका राष्ट्रपतिले बिचबिचमा ओर्लदैं मोटरबाटोको मोटाइ तथा बिजुलिका खम्बाहरुको रखाइ अवलोकन गरेका थिए।यो यात्राले यिनलाई पनि कोरियामा यस्तै बाटो बनाउने इच्छा जागेछ।तत्पश्चात जर्मनको जस्तै बाटो बनाउने पहिलो सपना बुनेर स्वदेश फर्केका थिए भनेर जान्न सकिन्छ।



कोरियाको पहिलो लोकमार्ग शिलान्यास (१९६८)

कोरिया फर्केर राष्ट्रपतिले द्रुतमार्ग बनाउने प्रस्ताव सदनमा राखेछन।कोरियाको राजधानी सऊलबाट दक्षिण फुसान जोड्ने मोटरबाटो बनाउने कुरा राखेछन।सदनले प्रस्ताव स्वीकृत गरेछ।किनकी त्यतिबेला रेलबाट फुसान शहर पुग्न  १२ घण्टा लाग्ने गर्दथ्यो।जसअनुसार  सन १९६८ बाट मोटरबाटो बनाउन सुरु गरिएछ।कोरियाको राजधानी सऊलबाट दक्षिणी भूभाग फुसान जोड्ने यो पहिलो लामो दुरिको सडक थियो।यो बाटोको दुरि ४२८ किलोमीटर रहेको छ।यो बाटो आठ लाइनको रहेको छ।बाटो बनाउन सुरु गरेको मात्र दुई बर्ष पाँच महिनामा तयार भएको थियो भनेर भनिएको छ।यो आश्चर्यजनक कार्य यति छोटो समयमा  कसरी संभव भयो त।

 


आफ्नै पुँजी तथा प्रविधिमा कोरियाको पहिलो द्रुतमार्ग सम्पन्न

तत्कालिन समयका इन्जिनियर तथा सैनिक कमान्डर "युन यङ हो"भन्ने थिए।राष्ट्रपतिले यिनलाई सडक निर्माणको रेखदेखको लागि जिम्मा दिएका थिए।इन्जिनियरको भनाइ अनुसार त्योबेला कोरियाले  "जापान,अमेरिका,बेलायत,फ्रान्ससँग ऋण मागेको थियो।गरिब देश भनेर ऋण दिनबाट इन्कार गरे रे।तर पनि राष्ट्रपतिले हार खाएनन।जर्मनी काम गर्न गएका जनताको रेमिटेन्स जम्मा गरे।त्यतिले नपुग्ने भए पछि कोरियन सैनिकलाई भेतनामको युद्धमा अमेरिकालाइ सहयोग गर्ने पठाइयो।अमेरिकालाई सहयोग गर्न पठाएबापतको रकम तथा जर्मनी गएका कामदारको रेमिटेन्सबाट उठेको पैसाले सडक बनाउन सुरु गरियो।बाटो बनाउने जिम्मा सर्वसाधारण जनतालाई नभई सैनिकलाई दिइएको थियो।भीमकाय औजारहरु,डोजर,क्रेन सम्पूर्ण सैनिकको प्रयोग गरिएको थियो। कोरियनहरुको अनुशासन,लगन,परिश्रमले साढे दुई बर्षमा यो बाटो सम्पन्न भएको थियो।कोरियन जनताको रगत र पसिनाले यो सडक सम्पन्न भएको थियो।


कोरियाको इतिहासमा आफ्नै पुँजी,आफ्नै औजार,इन्जिनियर तथा सैनिक कामदारबाट कोरियाको पहिलो द्रुतमार्ग बन्न सफल भयो।साथै उत्कृष्ट पहिलो नम्बरमा पर्ने लोकमार्ग बन्न पुग्यो।कोरियाका राष्ट्रपतिको जर्मनको जस्तो बाटो बनाउने सपना साकार भयो।अहिले कोरियाको राजधानीबाट बसमा यात्रा गरेर मात्र ५ घण्टामा फुसान पुग्न सकिन्छ।यसलाई ख्यङबु खोसोक थोरो भनेर भनिन्छ।यो सडक निर्माणमा जर्मन गएका कामदार,तथा भेतनामको युद्धमा गएका सैनिकको पैसा परेकोले कोरिया तथा कोरियन जनताले यो द्रुतमार्गलाई विशेष सम्मानको नजरले हेर्ने गर्दछन।यहि पहिलो सडक बनेपछि अहिले कोरियामा झण्डै ७ हजार किलोमीटर बाटो कालोपत्र भइसकेको छ।चार दर्जन भन्दा बढी लोकमार्ग बनिसकेका छन।मोटरबाटोको कारण हजारौं पर्यटकीय स्थानले,कारखानाले जन्म लिएका छन।कोरियन जनतालाई जागिर फालाफाल भएको छ।यो देशले खुब प्रगती गरोस।हामी सबैको सुभकामना।



हाम्रो प्यारो देश नेपालमा 

हाम्रो देश नेपालमा पनि अहिले त धेरै सुन्दर तथा सुरक्षित सडक बनिसकेका छन।अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार सडक बनिसकेका छन।यसको ज्वलन्त उदाहरण हाम्रो प्रदेश नम्बर ५ को बुटवल भैरहवा सडकखण्डलाई लिन सकिन्छ।यो सडकमा  बिदेशको यात्रा गरेको आभास हुन्छ। सवारीसाधन मात्र वृद्धि हुनु र सडक बिस्तार नहुनु दुर्घटनाको प्रमुख कारण भएकोले  हाम्रो देशमा पनि कुना कुनामा  सुरक्षित सडकमार्ग बनुन। हिमाल, पहाड, तराईको हाम्रो देशमा सर्वत्र कालोपत्रे सडक निर्माण भएर जिडियोस।हिमालको भेंडा, चयाङ्ग्रो,पहाडको फलफूल,तराइको अन्नबाली साटासाट भएर आपसमा भाइचाराको सम्बन्ध बनिरहोस।अबको हाम्रो पुस्ता कोहि पनि बिदेसिन नपरोस।हामी सबैको कल्याण होस।


कमेन्ट गर्नुहोस्