लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

IMG

तिलोत्तमा सिटी,२५ असोज २०७८।  नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।


सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए । उनले पपुवा न्यूगिनीविरुद्ध ४/३५ र ६/११ तथा ओमानविरुद्ध ४/१८ को उत्कृष्ट बलिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्