लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)को तिलोत्तमा नगर कार्य विभाजन

IMG

तिलोत्तमा सिटी,२३ असोज २०७८।  नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)तिलोत्तमा नगरपालिका को बृहत भेलाले कार्य विभाजन गरेको छ।  भेलाले नगरपालिकाको इन्चार्जमा बेल प्रसाद शर्मा,सह-इन्चार्जमा माधव बस्नेत,संयोजकमा लक्ष्मण खनाल र सचिबमा बिष्णु थापालाई चयन गरेको छ।  नगरपालिका भित्र क्रियाशील सदस्य हरुको बृहत भेलाले सो कार्यविभाजन गरेको नव नियुक्त ईन्चार्ज बेल प्रसाद शर्माले बताए। 


स्थानिय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)लाइ अझै बलियो बनाएर लैजान सबै नगरबासी पार्टी पंक्तिका सदस्य तथा शुभचिन्तकलाई आग्रह गर्दै इन्चार्ज शर्माले सबैको हक हित र अधिकारका लागि समृद्ध नगर बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो।  सो कार्यक्रममा सह इन्चार्ज माधव बस्नेत, संयोजक लक्ष्मण खनाल , सचिब बिष्णु थापा लगायतले बोल्दै पार्टीमा आबद्ध सबैलाई जुझारु तरिकाले लाग्न गारह गरेका थिए।  


कमेन्ट गर्नुहोस्