लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुमा गोली प्रहार गरी ८ लाख नगद लुटियो

IMG

तिलोत्तमा सिटी,२१ असोज २०७८। कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ । बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट प्र-३-०१-२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । -न्यूज कारखाना

कमेन्ट गर्नुहोस्