लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा १०० बढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

IMG

तिलोत्तमा सिटी,१९ असोज २०७८।रुपन्देही जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरि १०० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार बुटवलस्थित क्लब डेनोभोमा एक कार्यक्रम गरि नवप्रवेशीलाई अविर लगाएर पार्टी प्रवेश गराईएको छ ।माओवादी केन्द्रका लुम्बिनी प्रदेश सह(ईन्चार्ज हकिकुल्ला खाँ र रुपन्देही जिल्ला ईन्चार्ज रामप्रसाद बन्जाडे टंकमणीले पार्टी प्रवेश गर्नेहरूलाई अविर लगाएर स्वागत गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एमाले तथा जनता समाजवादी पार्टी नेपाल परित्याग गरि १०० जना बढी जिल्ला स्तरीय नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले बताए ।

कमेन्ट गर्नुहोस्