लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिका टु नेपाल,समाजसेवासंगै टिक्टकमा रम्दै सरु शर्मा

IMG

तिलोत्तमा सिटी,१९ असोज २०७८।  आफ़्नो देशमा भएका विभिन्न घटना परिघटना हरुलाई नियाल्दै आइरहेकी आफैमा संचार कर्मी समेत रहेकी परासी घर भई अमेरिका बस्दै आउनुभएकी सरु शर्माले समाजसेवाको बाटो पछ्याउदै आएकी छिन।  टिकटकमा समेत आफुलाई अब्बल बनाउदै आएकी सरुले अमेरिकामा बसेर विभिन्न सहयोग जुटाउदै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएकी छन्। भर्खरमात्र पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर-७ गणेशपुरमा बाढी प्रभावित घर परिवारलाई उनकै नेतृत्वमा सहयोग उठाएर बितरण गरिएको छ।



अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुकाे आर्थिक सहयोगद्वारा सरु शर्माकाे नेतृत्वमा पठाइएको रकमबाट सरावल ७ गणेशपुरका बाढी प्रभावित बिपन्न १२६ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे । लुम्बिनी प्रदेशको तराई क्षेत्र परासी घर भई अमेरिका बस्दै आउनुभएकी सरु शर्माको पहलमा ४१ जनाबाट जम्मा भएको रकमबाट बाढी प्रभावित परिवारलाई २५ किलो चामल ,५ किलाे आलु,१ किलो पियाज ,१ प्याकेट रिफाइन र १ प्याकेट आयाेडिन नुन लगाएतकाे दैनिक उपभोग्य सामाग्रीहरु १२६ प्रती घर परिवारलाई प्रदान गरिएको वितरण कार्यक्रमका संयोजक नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी माेहन प्रसाद शर्माले जानकारी दिनुभएको हाे।



टिकटकमा समेत आफुलाई उर्जाशील बनाइरहेकी सरुले समाजसेवामा समेत आफुलाई अब्बल बनाउने कोसिसमा छिन। सरु भन्छिन- "दु:खी गरिब र पिडितहरुको पक्षमा बोल्ने गर्दथे , म रेडियोमा काम गरिरहदा पनि त्यस्ता खाले स-साना सहयोग गर्दै आएको छु, अहिले सबैको सहयोगले यो सहयोग ठुलो बनाउने कोसिसमा छौ , हामीले गरेको सहयोग सहि ठाउमा सदुपयोग हुने कुरामा समेत बिश्वस्त छौ।" अमेरिकाको विस्कन्सिन बस्दै आएकी सरुले नवलपरासिमा लगातारको बर्षापछि भएको डुबानलाइ मध्यनजर गर्दै सहयोग जुटाएर गाऊ पठाएको उनको भनाई छ। आगामी दिनमा समेत त्यस्तै खालको सहयोग गर्न आफु तत्पर रहेको उनको भनाई छ।  सरु शर्मालाइ टिकटकमा समेत फलो गर्नेको अहिले संख्या बढी रहेको छ।                                              

कमेन्ट गर्नुहोस्