लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीता मृत्यु प्रकरणबारे ध्यानाकर्षण गराउन,तिलोत्तमाका मेयर पुगे गृहमन्त्रालय

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कार्वाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । घटनाको विषयमा यसअघि नैं आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको तिलोत्तमा नगरपालिकाले सत्य तथ्य छानविन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक पटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित र आन्दोलन र विरोध दिनानुदिन बढ्दै गैरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ ।


यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ ।तिलोत्तमा-५ मणिग्राम घर तथा वडा नं. ८ चारनम्बर माइत भएकी २७ बर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रर्दशन भैरहेका छन् । विरोध प्रर्दशन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाह समेत प्रभावित भएको छ ।यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानविन गरी दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको थियो ।


कमेन्ट गर्नुहोस्