लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेको महाधिवेशन बुटवलमा हुने घोषणाले तिलोत्तमाका एमाले कार्यकर्ता उत्साहित

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८।  नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा घोषणा गरेपछि रुपन्देहीका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको बुटवलमा दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणालाई एमाले तिलोत्तमा नगर कमिटीले स्वागत गरेको छ ।एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजना हुनुले यस क्षेत्रको पार्टीपंक्तिलाई उत्साहित बनाएको ठहर गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने निर्णय आइतबार सम्पन्न विधान महाधिवेशनमा अध्यक्ष ओलीले गरेका थिए ।“तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटी लगायत जनवर्गीय संगठनहरु समेत बुटवलमा हुने महाधिवेशनप्रति उत्साहित छन्”–एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले भने ।बैठकले महाधिवेशन सफल पार्न नगरको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको पनि उनले बताए । महाधिवेशन बुटवलमा आयोजना हुने भएपछि यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र भविष्यमा यस क्षेत्रको ऐतिहासिकता पनि बढ्ने बैठकले ठहर गरेको छ ।


 

कमेन्ट गर्नुहोस्