लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जबरजस्ती करणी अभियोगमा देवदहमा ४६ वर्षीय पुरुष पक्राउ

IMG

तिलोत्तमा सिटी,१७ असोज २०७८। रुपन्देहीमा २१ बर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा देवदह नगरपालिका–६शिवालय टोलमा डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ स्थायी घर भएका ४६ वर्षीय हिमाल खड्का रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ । खड्कालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको थियो । घटनाका बारेमा गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्