
तिलोत्तमा सिटी,१३ असोज २०७८। गायक प्रमोद खरेलको ‘बिहानीको मिरमिरेमा’ बोलको गीत सार्वजनिक भएको छ। अम्बिका अधिकारी तिवारीको निर्माणमा बनेको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।ज्ञानेश्वर तिवारीको शब्दमा गायक प्रमोद खरेलले स्वर भरेका छन्। गीतमा दिपक शर्माको संगीत रहेको छ। रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्।
आशुतोष अधिकारी एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन, मानकृष्ण महर्जनको छायाँकन रहेको छ। ज्ञानेश्वर तिवारीले यस अघि ‘मन पराएँ तिमीलाई’ सार्वजनिक गरेका थिए। अमेरिका बसेर पनि नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने उदेश्यका साथ भिडियो निर्माण गरिएको निर्माता अम्बिका अधिकारी तिवारीले बताइन्।
कमेन्ट गर्नुहोस्