लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेता पुनलाई उपचार गर्न बैंकक लगिने

IMG

तिलोत्तमा सिटी,१२ असोज २०७८। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् ।नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उनले उपचार गराएका थिए । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बतायो । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई निवासमै गएर भेटेका थिए ।

कमेन्ट गर्नुहोस्