
तिलोत्तमा सिटी,९ असोज २०७८। निकै प्रतिश्प्रधात्मक हिसाबले अगाडी बढेको तिलोत्तमा नगर कांग्रेस अधिबेशनबाट पुन: हरिलाल पाण्डे बिजयी भएका छन्। मतगणनाको उत्तरार्ध सम्म अंकले अगाडी रहेका नारायण न्यौपानेलाई २ मतले पछि पार्दै नगर सभापतिमा हरिलाल पाण्डे बिजयी भएका हुन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तिलोत्तमाको मंगलापुरमा भएको नगरको मतदानमा ३८३ मत खसेको छ ।
३८८ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ३८३ मत खसेको निर्वाचन समितिले जनाएको थियो । निर्बाचनमा हरिलाल पाण्डेयले खसेको मतमा १७४ मत ल्याउन सफल भए भने अर्का उम्मेदवार नारायण न्यौपानेले १७२ र हरि तिवारीले ३० मत ल्याएका हुन्। मुचुल्का र प्रकृया पुर्याएर ५:३० बजेबाट मतगणना शुरू गरिएको प्रमुख निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले तिलोत्तमा सिटी न्युजलाइ जानकारी दिए । महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका पालिकाहरुमा अधिवेशन अन्तरगत नया नेतृत्व चयनका लागि आज मतदान भएको हो ।
तिलोत्तमा नगरपालिकाको मतदान उद्योग बाणिज्य संघ तिलोत्तमाको प्राङ्गणमा भएको थियो । मतदान दिउँसो साढे १ बजेबाट सुरु भएको हो। त्यसो त मतगणनाको अन्तिम नतिजा अनुसार उपसभापतिमा कल्याण पौडेलले २३८ मत, मायादेवी चौधरीले २०७ मत ,प्रदिप कुमार थापाले २०८ मत , हमलाल पौडेलले १७८ मत, दिपक थापाले २३८ मत र रमेश पराजुलीले २४० मत ल्याएर नगर समितिमा बिजयी भएका छन्। हरिलाल पाण्डेयको पुरै प्यानल बिजयी भएका हुन्।
कमेन्ट गर्नुहोस्