लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीज लगत्तै बिष्णु माझीको यथार्थको जिन्दगी सार्बजनिक

IMG

तिलोत्तमा सिटी, २५ भदौ २०७८। तीज गीत "चरी जेलैमा"बाट अपार सफलता पाएकी चर्चित लोकप्रिय गायिका बिष्णु माझीको नया गीत तीज लगत्तै सार्बजनिक भएको छ।  यथार्थको जिन्दगी नामक गीतलाइ बजारमा ल्याएको छ प्रसाद डिजिटलले।  शिव सुबेदीको शब्द , प्रसाद लामिछानेको लय तथा संगीतमा बिक्रम परियार र बिष्णु माझीको आवाजमा सजिएको यो गीतले यथार्थको जिन्दगी बोलेको शब्द संकलक तथा सर्जक शिव सुबेदीले बताए। 


मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा कृष्ण भान्जाको एरेन्ज,सुमन रानाको रेकर्डिङ्ग,कुमार रानाको अडियो सम्पादन र खुमन रानाको स्टुडियो ब्यबस्थापन रहेको छ। बिष्णु माझीको "चरी जेलैमा"को अपार सफलता पछि दर्शकलाई तीज भन्दा बेग्लै परिवेशको स्वाद चखाउन जादुमय स्वरकी धनि बिष्णु माझी सो गीत मार्फत दर्शक सामु आएको सर्जक शिव सुबेदीले बताए।  बिक्रम परियाको समेत स्वर रहेको गीतलाइ दर्शक ले सार्बजनिक भएकै दिनमा निक्कै रुचाएका छन्। तीज लगत्तै रमाइलो पर्व बीच शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव सुबेदीले मर्मस्पर्शी शब्दलाई कर्णप्रिय बनाउन बिष्णु माझी रोजेको बताउछन। 


बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको आकर्षक भिडियोमा  दिपक गिरीले क्यामेरा चलाएका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्।  बेजोड अभिनयका धनिद्वय आशा खड्का र कमल अर्यालको मुख्य भूमिका रहेको म्युजिक भिडियोलाई प्रसाद लामिछानेको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। जुन गीतलाई पब्लिसिटी डिजाइन गरेको छ जनता डिजिटलले। हेरौ बिष्णु माझीले गाएको पछिल्लो यो मर्मस्पर्शी गीत.....

कमेन्ट गर्नुहोस्