लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरसभापतिमा बिकाशप्रेमी नेता नारायण न्यौपानेको उम्मेदवारी

IMG

तिलोत्तमा सिटी, २५ भदौ २०७८। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै उप-सभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।



शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेद्वार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए। उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।


तिलोत्तमा नगरको स्थानिय चुनावमा समेत राम्रो मत ल्याएर वार्ड अध्यक्षमा जितेका न्यौपानेले वडा नम्बर ९ मा मात्रै ५० करोड भन्दा बढी बजेट केन्द्रिय स्तरबाट नगरमा भित्र्याएको दाबि गर्छन।  तिलोत्तमा नगरमा सधै उत्कृस्ट वडामा आउन सफल बनाउन आफु मात्रै नभएर सबै नगरबासी तथा कांग्रेस र शुभचिन्तकको सहयोग रहेको उनको जिकिर छ। नमुना वडा बनाएजस्तै सम्पूर्ण नगरलाई कांग्रेसमय बनाउन आफु लागिपरेको बताउदै आफु निर्बाचित भएपछी कांग्रेसजनको शिर उचो बनाउने काम गर्ने उनको भनाइ छ। 



कमेन्ट गर्नुहोस्