लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोकमरी लागेको कोरिया, एकाएक कसरी भयो सम्पन्नशाली

IMG
तिलोत्तमा सिटी,१८ भाद्र २०७८,शुक्रबार। दिदीबहिनीको पर्व तीज नजिकिदै छ।झ्याम झ्याम पानी परिरहेको छ।खोलो छ्वाङछवाङ गर्दै बगिरहेको छ।बाढि आएको छ। पुलको अभावमा खोलो तर्न नसकेर दिदी लिन जान नपाएको त्यो दिन।पिंढिमा बसेर बलेनीको पानीमा भिजाइएको बाबियो र पाटद्वारा तीन सरोको दाम्लो बुन्दै गर्दा मझेरिमा बसेर मकै छोडाउँदै गरेका बुबाआमाका गन्थन खुब रमाइला हुन्थे "ह्या बुडा क्यार्न चिन्ता अर्न परो।एकसरो लाउन पाइएकै छ।बस्नी बास छ।भकारिआँ धान,कोदो छ।चोखेन हर्पेआँ,ढिकी जाँतो घरमै छ। पिरै अर्न परेन।केइ कुराको खाँचै परे छिमेकिकाँट ऐँचोपैँचो चलिहाल्च"।हुनत ठिकै हो। तर अहिले  जिवनमा गाँस,बास,कपासको अलावा आवश्यक चिज छ त त्यो हो शिक्षा।शिक्षा नै महत्त्वपूर्ण रहेको छ ।कृषिप्रधान तथा बन्धुत्वको भावना जिवित रहेको हाम्रो देशमा लाउन खानको चिन्ता हिजो थिएन।आज पनि  छैन।यो त हाम्रो देशको कुरा भयो।दक्षिण कोरियाको अतितको अवस्था कस्तो थियो।अहिले कस्तो छ।आज कोरियाको अतीत र बर्तमानको पानाबाट।

 सन १९६० को दशकमा कोरियामा भोकमरी लागेको थियो।बेरोजगारीको समस्याले विकराल रुप लिएको थियो। इथोपिया,भारत पछिको तेस्रो गरिव राष्ट्रमा परिणत भएको थियो।त्यसको कारण जानौँ।


सन १९०९ देखि सन १९४५ को अवधि  (भोकमरीको पहिलो कारण )
सन १९०९ सम्म कोरियामा राजबंश स्थापित थियो।कोरिया धानखेती हुने जमिन भएकोले कोरियाइ जनताहरुले प्रशस्त खेतीपाती गरेर जिविकोपार्जन गरेका थिए।एकआपसमा सहयोग गरेर,भारोपर्म, एँचोपैँचो गरेर खुब खुसिले दिन काटेका थिए।अचानक समुन्द्रबाट पारी रहेको छिमेकी देश जापानले आँखा लगायो।सन १९१० देखि कोरिया जापानको उपनिवेश बन्न पुग्यो।पराई देशको मानिसहरु आएर आधिपत्य जमाएपछी देशमा संकट आउनु स्वभाविक हो।कोरियामा त्यस्तै भयो।जापानीद्वारा कोरियाको भाषा,संस्कृति,इतिहास,सारा पतन हुन पुग्यो।कोरियाको खेतीयोग्य जमिनलाई आफ्नो अधिनमा लिएर उत्पादित बालिनाली जापानीहरुले आफ्नो देश पुर्याए।कोरिया दिनप्रतिदिन खोक्रो बन्दै गयो।कोरियन जनताहरु गरिबिको रेखामुनि दबिदै गए।

सन १९४५देखि सन १९६०को अवधि (भोकमरीको दोस्रो कारण)
सन १९४५ मा कोरिया जापानबाट स्वतन्त्र भयो।कोरियामा स्वतन्त्रताको नारा लगाएको तीन बर्षपनी नहुँदै उत्तर र दक्षिण कोरिया बनेर बिभाजन हुनु पर्‍यो।बिभाजन भएको दुई बर्षमै दुई देशबिच घमासान युद्ध भयो।युद्ध तीन बर्ष चल्यो। हारजित हुन सकेन।नोक्सान मात्र पुर्‍यायो।जमिन रगतले ढाप बन्यो।यहि युद्धले कोरियामा भोकमरीलाई अझ गहिराइमा पुर्‍यायो।

सन १९६३ मा कोरियाको तेस्रो राष्ट्रपति चयन,
राज्यको कोष मजबुत बनाउन मुख्य योगदान 
कोरियाको युद्ध पछि विभिन्न देशहरुबाट खाद्यान्न सहयोगको रुपमा आएको थियो।यो सहयोग पनि सन १९६०देखी बन्द भयो।देशमा आम्दानीको श्रोत नभए पछि समस्याले झन उग्ररूप लिन थाल्यो।सन १९६३ मा फाक चङ ही भन्ने राष्ट्रपति कुर्सीमा बसे।देशमा भएको बेरोजगारीको समस्या कम गर्न युवालाई बिदेश पठाउने निर्णय गरे।युवाहरु कोइलाखानिमा साथै युवतीहरु नर्सको रुपमा पश्चिम् जर्मनी पठाउने कुरा भयो।युवायुवती  रोजगारीको लागि जर्मनी पलायन भए।उनिहरुले जर्मनीमा गएर खुब मेहनतले काम गरे।कोरियाका मानिसहरुको इमानदारिता र मेहनत देखेर जर्मनिको राष्ट्रपति खुसी भएर कोरियाको राष्ट्रपतिलाई भर्मणको निम्तो पठाए।