
तिलोत्तमा सिटी,१७ भाद्र २०७८,बिहिबार। नेकपा माओवादी केन्द्र रुपन्देहीको संयोजमा नारायण जिसी (निर्मल) चयन भएका छन । बुधबार बुटवलमा बसेको नेकपा माओवादी केन्द्रको पाचौँ बैठकले जिसीलाई जिल्ला संयोजक तोकेको हो । उनि नेकपा हुँदा जिल्ला सचिवको जिम्मेवारीमा थिए । जिसीले सर्वोच्च अदालतले माओवादी र एमाले विभाजन गरीदिएपछि नेकपा माओवादी केन्द्रको सचिवकै भुमिकामा रहेर पनि उत्कृस्ट रुपमा पार्टीको पुर्ण नेतृत्व गर्दै आइरहेका थिए ।
दश बर्षे जनयुद्धको समयमा जनमुक्ति सेनाको बिग्रेड सह–कमाण्डर समेत रहेका जिसी शान्तिपूर्ण राजनितिमा आएपछि रुपन्देहीमा रहेर पार्टीको काम गर्दै आइरहेका छन । माओवादी विभाजनको समयमा पनि प्रचण्डको साथ नछाडेका जिसी पछिल्लो समय रुपन्देहीमा प्रचण्डको निकटतम रहेको नेताका रुपमा चिनिन्छन ।
नेकपा माओवादी केन्द्रको स्थान रुपन्देहीमा निक्कै राम्रो भएको र देश र जनताको लागि नजिक भएर काम गरेको अनुभवले जनतामा अझै पार्टी प्रतिको उत्साह थपिएको संयोजक जिसीले बताएका छन्। उनि आएपछि रुपन्देहीमा नेकपा माओबादी प्रति जनताको थप उत्साह बढेको र पार्टी सहभागिता अझै बढेको नेकपा माओबादी निकट नेताहरु बताउछन।
कमेन्ट गर्नुहोस्