लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राज र वर्षाको प्रेम छछल्कियो ‘म यस्तो गीत गाउँछु’

IMG

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार।  गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।यो गीतको भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । गीतले एक यूवक र एक यूवतीविचको प्रेम र वाचाको कथा भन्छ । भिडियोमा केही महिनादेखि प्रेम सम्बन्धमा रहेका राज र वर्षाको अभिनयले पनि अझै सुन्दरता थपेको छ ।यो गीतको भिडियोेलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा सौरभ लामाकोे छायांकन, अर्जुन जीसीको सम्पादन छ । लामिछानेले भिडियोमा वर्षा र राजलाई रोमान्टिक शैैलीमा प्रस्तुत गरेका छन् । गीत जस्तैै भिडियोे पनि फिल्मी लाग्छ ।


भिडियोमा रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोेज पाण्डे र हरि काव्या थापाको मेकअप छ । भिडियोमा मुख्य सहायक छायांकारको रुपमा इश्वर सिन्केमान र हिमाल श्रेष्ठले काम गरेका छन् भने सहायक कोरियोेग्राफरको रुपमा निर्मल खत्री र दीपक सीकेले काम गरेको छन् । भिडियोका प्रोडक्शन डिजाइनर सुदिप ढकाल हुन् ।


कमेन्ट गर्नुहोस्