लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकीकृत समाजवादीमा गएकालाई निष्कासन गर्ने एमालेको निर्णय

IMG

तिलोत्तमा सिटी,१० भाद्र २०७८, बिहिबार। नेकपा एमालेले नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।एमाले केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले अलग दल दर्ता गर्न गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।तर कसैले भुल महसुस गरेर फर्किए एकताको ढोका खुला राख्ने सचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार पार्टी विधानमा निष्कासन भएको व्यक्ति दुई वर्षसम्म सदस्य हुन नपाउने भए पनि अहिले एकतामा फर्किए स्वीकार गरिने छ ।


थाक्नेहरुसँग मेरो कुनै गुनासो छैन : माधव कुमार नेपाल 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् ।प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

कमेन्ट गर्नुहोस्