लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी

IMG

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार।  लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । प्यूठान बिजुटारटारीका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोगमा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् ।निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका बेला मुख्य न्यायाधिवक्ता रहेका ठाकुरप्रसाद डीसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

कमेन्ट गर्नुहोस्