
तिलोत्तमा सिटी,०७ भाद्र २०७८, सोमबार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको लुम्बिनी प्रदेशको प्रदेशसभाको तेस्राे बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विराेधका बीच पनि बैठकमा लिइएको विश्वाकाे मतमाथि मतदान भएको थियो । मतदानमा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका छन् भने विपक्षमा शुन्य मत परेको छ ।मुख्यमन्त्री केसीलाई माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद र स्वतन्त्र १ जना सांसदले मतदान गरेका छन् ।
८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ जना सांसदले मतदान बहिस्कार गरे । मत बराबर हुने अवस्था नरहेका कारण सभामुख पूर्णबहादुर घर्तीले भने मतदान गर्नुपरेन ।पूर्वमुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार साउन २७ गते गठबन्धनको नेतृत्व गर्दै केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कमेन्ट गर्नुहोस्