
तिलोत्तमा सिटी,०७ भाद्र २०७८, सोमबार। नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमकाे जर्सीकाे मुख्य प्रायाेजक माइसेकेन्ड टिचरले साेमबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेकाे हाे । जर्सी डिजाइनमा ५०० जनाकाे आवेदन परेकाेमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट भएकाे हो ।क्यानले छनोटका लागि ४ सदस्यीय समिति बनाएको थियो ।
जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र माइसेकेन्ड टिचरबाट एक जना प्रतिनिधि रहेका थिए ।जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको क्यानले जनाएकाे छ ।नेपालले आगामी सेप्टेम्बरमा ओमानमा क्रिकेट विश्वकप लिग २ सिरिज खेल्दैछ । त्यसअघि पपुवा न्यूगिनीसँग दुई ओडीआई म्याच खेल्नेछ ।
कमेन्ट गर्नुहोस्