लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीले पार्टी सिध्याएपछि गलत रबैया देखाउदै छन्: मुख्यमन्त्री केसी

IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान लाई छिन्नभिन्न पार्न खोज्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफ्नैै पार्टिलाई नै सिध्याएको बताउनु भएको छ ।प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीलाई ओली सिध्याएको छट्पट्टीमा गलत रबैयाको जामा लगाएर नाटक देखाउन सुरू गरेको टिप्पणी गर्नुभयो ।संविधानको रक्षा सर्वाेच्च अदालतबाट भएको उहाँले बताउँदै यसले प्रतिगामी तत्वको हार भएको दाबी गर्नुभयो ।


अहिलेको गठबन्धनलाई कसैले भत्काउन नसक्ने मुख्यमन्त्री केसीले दाबि गर्दै संघिय सरकारसग सहकार्य गर्दै स्थानिय सरकारलाई बलियो बनाउदै समृद्धि लुम्बिनी ,खुशी जनताको नारालाई साकार गरिने बताउनुभयो। यस्तै लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला, योजना मन्त्री कृष्ण ध्वज खड्काले गठबन्धनको सरकारले शाझा कार्यक्रमहरू प्रस्तुत गरेर नयाँ ढंगले प्रदेशलाइ समृद्ध बनाउन तर्फ अघि बढ्ने वताउनु भएको छ ।नेकपा एमालेले अहिले प्रदेशमा संसद अबरुद्ध गरेको प्रति उहाँले सहमति, सहकार्य र छलफलबाट अघि बढ्न सकिने बताउनुभयो । प्रवक्ता खड्काले अहिलेको गठबन्धनको सरकारले छिट्टै विश्वासको मत लिने र गठबन्धन लाई मजबुद बनाउदै अघि बढ्ने जानकारी दिनुभयो । 

कमेन्ट गर्नुहोस्