
तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। नेकपा एमाले विभाजित भएको छ । बुधबार बरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) गठन गरेका छन । माधव कुमार नेपाल अध्यक्ष रहनेगरी ९५ जना केन्द्रिय कमिटी सदस्य रहेका छन । ६६ जना एमालेका पुराना केन्द्रीय सदस्य र नयाँ २९ जना सदस्य सहित ९५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको बताइएको छ । एमालेका २०३ केन्द्रीय सदस्य मध्ये ६६ जना नेपालको पक्षमा खुलेका छन । ९५ सदस्यीय केन्द्रीय कमिटीमा एमाले स्थायी कमिटीका माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल मात्र छन । यस अघि माधव नेपाल पक्षबाट कार्यदलमा रहेका पाँचै सदस्य ९५ सदस्यीय केन्द्रीय कमिटीमा छैनन ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, प्रदेश सभा सदस्य र केही मेयर सहित २९ जना नयाँ केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । नेकपा एमाले समाजवादीको चुनाब चिन्ह खुल्ला किताब हुनेछ । केन्द्रीय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा.विजयकुमार पौडेल, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथ प्रसाद साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोवी, लक्ष्मण पौडेल, मदनकुमारी शाह, गरिमा देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल,
रामकुमारी झाँक्री, गौरा प्रसाई कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधिरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणि विक, जंगली धनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्बाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, महम्मद महफुज अन्सारी, केशवलाल श्रेष्ठ, नरेश खरेल, भानुभक्त जैसी, चन्द्रबहादुर शाही, दिलकुमारी पन्त, बलराम बास्कोटा, बसन्तप्रसाद मानन्धर, महेश रेग्मी, श्रीनाथ बराल, सारदाप्रसाद सुवेदी, गोविन्द कोइराला, सुरेश कार्की, पुरुषोत्तम पौडेल, उर्वादत्त पन्त, दलबहादुर सुनार, गणेश काङमाङ, प्रभा बज्राचार्य, मुनु सिग्देल, उषा पोखरेल, रमा आले मगर, रिता रावल, माया भट्ट, पूर्णा जोशी, विद्या चामलिङ, रेखा थापा बश्याल, शर्मिलादेवी पौडेल क्षेत्री, राजेन्द्रलक्ष्मी गैरे, अनारकली मियाँ, देवी ओली, नन्दा शर्मा चपाईं, दुर्गा परियार, कौशिला सिंह, यमुना भुसाल, उदया शर्मा, आशा यादव, गोमा बिष्ट, सिता बस्याल, विभा कार्की आदि रहेका छन्।
कमेन्ट गर्नुहोस्