लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिव सुबेदीको टिप्पिकल तीज गीतमा शर्मिलाको आवाज

IMG

तिलोत्तमा सिटी,०१ भाद्र २०७८,मंगलबार। एकातिर कोरोना महामारीको सन्त्रास छदैछ भने अर्को तिर राजनीतिको खिचातानी ।  यी सबैले नेपालि जनतालाई दिएको पिडा बाट मुक्त राख्न समाजका कुरीति र कुसस्कृति चिर्दै घरमै मनाउने तीजको माहोल छिर्दैछ । पछिल्लो समय पुराना भाकाहरुलाई टपक्क टिपेर नया शैली र नयाँ आवाजलाई स्थान दिएर अहिले गीतहरु निकाल्ने क्रम बढ्दो छ । तर पुरानै पाराको पुरानो आवाजकी धनि शर्मिला गुरुङ एकपटक फेरी तीज गीत मार्फत आएकी छिन नयाँ तीज गीत बांसैको चोया लिएर,जसमा साथ् दिएका छन् यज्ञ सापकोटाले। 


नारीहरुको महानचाड हरितालिका तीज नजिकिदै गर्दा, बिभिन्न म्युजिक कम्पनीहरुले तीज गीत कोसेली बजारमा ल्याउने क्रम जारी छ । यसैबीच फरक धार र तीजको पुरानो भाकालाई लिएर अकला देवी म्युजिकको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। सार्बजनिक गरिएको केहि दिनमै राम्रो भ्यु पाएको छ। अकलादेवी म्युजिक प्रालिको प्रस्तुतिमा प्रमिला सुबेदीको निर्माण भएको सो गीतको भिडियोमा बहुचर्तित रचनाकार तथा संगीत  शिव सुबेदीले दिएका छन् । शर्मिला गुरुङ्ग्को तीज गीत सुन्न लालायित स्रोता दर्शकका लागि पनि प्रतिक्षाको बिषय रहेकोले अब त्यो प्रतिक्षा मेटिएको देखिन्छ।  शर्मिला गुरुङ र  यज्ञ सापकोटाको स्वर रहेको गीत निकै राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देसक मदन खड्का बताउछन् ।


सो तीज गीतमा चर्चित चकलेटी नायिका सगुन शाही, बेबो आचार्य तथा मोडल सुरज पन्थको अभिनय रहेको छ, गीतलाइ राम्रो बनाउनलाई क्यामेरामा बिरेन्द्र भट्ट र सम्पादनमा अविनाश डिसीको भूमिका रहेको छ । सो तीज गीतको एरेंजिंग कृष्ण केसीले गरेका छन्। भाद्र १ गतेको साइत हेरी सार्बजनिक गरिएको सो गीतमा टिप्पिकल नेपाली ग्रामिण भेगको भाखा र त्यहाको परिवेश उत्कृस्ट रुपले झल्काइएको छ।  गीत संगै भिडियो पनि उत्तिकै मेहनतपुर्ण तरिकाले पस्किएका शिव शुबेदीले तीज गीतको मर्म अनुसारको गीत निकालेको र दर्शकले यसको मर्म बुझी माया गरिदिनेमा ढुक्क रहेको जानकारी दिनुभयो।


कमेन्ट गर्नुहोस्