लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गते बोलाइयो

IMG

तिलोत्तमा सिटी,३० साउन २०७८,शनिबार। लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए ।तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए । हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्