लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१६ वर्षपछि एकसाथ शिव र भुवन

IMG

तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार । अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एक साथ पर्दामा देखिदैछन् । २०६२ सालमा रिलिज भएको सोभित बस्नेत निर्देशित सिनेमा ‘राजु राजा राम’मा सँगै देखिएका थिए । १६ वर्षपछि सोभित बस्नेत निर्देशित ‘डाँडाको बरपीपल’मा उनीहरु एक साथ काम गर्न लागेका हुन् ।निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै सिनेमा छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण सिनेमाको छायांकन अगाडी बढ्न पाएको थिएन । अब, भदौ ५ बाट सिनेमाको छायांकन सुरु हुनेछ । ६० दिनको छायांकन सेड्युल रहेको सिनेमालाई काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।नवराज गिरीको लगानी रहने सिनेमामा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल फाइनल भइसकेका थिए। भुवन जोडिएसँगै सिनेमाको लाइनअप बलियो बनेको छ ।


रामकाजी घिमिरेको लेखन रहने सिनेमामा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

कमेन्ट गर्नुहोस्