लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘कुरा वुझ्न पर्च’ टिमले खुशी साट्यो

IMG

तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार ।  ६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ ।प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन् ।


कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले यो टिमसँग काम गर्दा खुशी लागेको बताइन् । उनले भनिन्–‘हामी चलचित्रमा काम गर्नेहरु काम कम गरेर हल्ला बढी गर्छौ । तर, प्रकाशजीले काम गरेरै आफूलाई प्रमाणित गर्नु भएको छ ।’स्वस्तिमाले आफूले काम गरेका पुरुष मोडलसँग भन्दा आँचलसँगको केमेष्ट्रीलाई बढी रुचाएको भन्दै खुशी व्यक्त गरिन्। नायिका स्वस्तिमा खड्काले सामाजिक सन्देश बोकेको गीत भएका कारणले नै आफू काम गर्न राजी भएको बताइन् ।


उनले भनिन्–‘हरेक कलाकारले यस्तो खालको गीतमा काम गर्न चाहन्छ । म पनि निकै खुशी छु ।’गीतकार, संगीतकार तथा निर्देशक प्रकाश सपुतले मनबाटै इमान्दार भएर काम गर्दा सबैको मनमा पुग्ने बताए ।उनले, सबै टिमको कारणले गर्दा यो गीत र भिडियो राम्रो बनेको बताए । अन्य समयमा आफूले गम्भिर तरिकाले भिडियो प्रस्तुत गर्ने गरेको भए पनि यसपटक रोमान्टिक तरिकाले प्रस्तुत गरेको बताए । कार्यक्रममा यो गीतको टिमले केक समेत काटेर सफलताको सेलिव्रेशन गरेको थियो ।


कमेन्ट गर्नुहोस्