लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्विकृत

IMG

तिलोत्तमा सिटी,२७ साउन २०७८,बुधबार। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिकालाई छल्दै उनले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । यस अघि बैशाख १९ गते पनि उनीमाथि अविश्वासको प्रस्तावमाथि छलफल हुने दिनकै बिहान राजीनामा दिएर पुनः नियुक्ति लिएका थिए ।


मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अर्को मन्त्रिपरिषद गठन नहुँदा सम्म पोखरेल नेतृत्वकै मन्त्रिपरिषदबाट कार्यभार सम्हाल्ने गरि प्रदेश प्रमुखले तोकेको प्रदेश प्रमुख कार्यालयले प्रकाशित विज्ञप्तिमा उल्लेख छ । प्रदेश प्रमुखको कार्यालयले सोही ब्यहोराको पत्र प्रदेशसभामा पनि पठाएको छ ।


एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । गत वैशाखदेखि विपक्षी गठबन्धनले शंकर पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए । विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।


कमेन्ट गर्नुहोस्