लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुट पछि करोडौको लगानीमा खेले सौगात

IMG

तिलोत्तमा सिटी,२६ साउन २०७८,मंगलबार। नेपाली चलचित्रको व्यापारलाई हेर्ने हो भने, औषतमा वर्षमा ६ वटाले मात्र लगानी उठाएका छन् । डेढ बर्ष अगाडि कोरोनाको कारण सुनसान बनेको चलचित्र क्षेत्र सुचारु हुने कुनै सुरसार छैन । अझै, यो अन्यौल कहिलेसम्म कायम रहने हो भन्न सकिदैन ।तर, नेपाली चलचित्रका कलाकारमाथि करोडौको लगानी गर्ने होडबाजी भने रोकिएको छैन । बक्स अफिसमा निरन्तर असफल चलचित्र दिएका कलाकार हुन् वा हिट कलाकार नै किन नहुन्, उनीहरुमाथि करोडौं रकम जोखिम मोल्न निर्माता तयार छन् । कलाकार कम हुनुको वाध्यता एउटा यो पनि हो ।


नायक सौगात मल्लका चलचित्र निरन्तर असफल छन् । ‘लुट’को ब्रान्ड बाहेक उनले अन्य चलचित्रबाट निर्मातालाई खासै सुखद अनुभुती गराएका छैनन् । तर, उनीमाथि करोडौं लगानी गर्न निर्माता आज पनि तयार छन् ।कोरोनाका कारण नयाँ चलचित्रको काम सुरु गर्न नपाएका सौगातसँग आधा दर्जन चलचित्र छन् । यस्तै, उनका आधा दर्जन चलचित्र नै रिलिजको तयारीमा छन् ।सौगात मल्लले २ दिन अघि मात्र मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’मा कागजी संझौता गरे । उनको  अभिनय रहने चलचित्र ‘कबड्डी ४’को छायांकन कोभिडको दोश्रो लहरका कारण रोकिएको छ । यस्तै, उनले नायिका रेखा थापाको एक चलचित्रका लागि पनि लिखित संझौता गरिसकेका छन् ।


निर्देशक आकाश अधिकारीले निर्देशन गर्न लागेको एक चलचित्र पनि सौगातले कोरोनाको पहिलो लहर सकिएसँगै साइन गरेका थिए ।सौगातले यी चलचित्रका लागि कहिले र कसरी समय दिने हुन् त्यो त काम सुरु भएपछि नै थाहा हुनेछ । तर, यो सँगै उनले अभिनय गरेका ‘लप्पन छप्पन २, माइकल अधिकारी, मन्त्र, घनचक्कर, राधा, मासु भात’ लगायतका चलचित्र रिलिजको तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्