
तिलोत्तमा सिटी,२३ साउन २०७८,शनिबार। नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन ३ को उपाधि किरण गजमेरले चुमेका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनी द भ्वाइस अफ नेपालको सिजन ३ को विजेता बनेका हुन् । कोच प्रमोदको टिममा रहेका उनी सर्वाधिक भोट पाएको आधारमा विजेता बनेका हुन् । किरणले जित पछि फेसबुक मार्फत सबैलाई धन्यवाद दिएका छन् । उनले आफुलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन्। यो रियालिटी शो हिमालयन टीभी एचडीबाट प्रसारण हुदै आएको थियो ।
कमेन्ट गर्नुहोस्