
तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। युवाहरुमाझ लोकप्रिय चर्चित गायक नबिन के भट्टराईको ‘सम्झिरहन्छु’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। गीतको संगीत, संगीत संयोजन पनि नबिन स्वयं कै छ। आफ्ना पुराना गीत भन्दा यो गितमा केहि फरक प्रस्तुति भएको नबिन बताउँछन ।गीतलाइ दर्शक तथा श्रोताहरुले मन पराउने नबिनले आशा ब्यक्त गरे। भिडियोलाइ नविना भट्टराईले निर्देशन गरेकी छन्।सौरभ लामाले छायांकन गरेको साे गीतको सम्पादन अर्जुन जीसिले गरेका हुन्।गीतमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ। साे गीत नबिनको आफ्नै अफिसियल यु टुब मार्फत हेर्न सकिन्छ।
कमेन्ट गर्नुहोस्